नियम ६
मस्तिष्क मृत्यु (बे्रन डेथ)
ऐनको दफा १६ को उपदफा (१) को खण्ड (क) को प्रयोजनको लागि मस्तिष्क मृत्यु (ब्रेन डेथ) भन्नाले कुनै व्यक्तिको मस्तिष्क (मस्तिष्क स्टेम समेत) को ग्रहण गर्ने (रिसेप्टिभ) र प्रतिक्रिया दिने (रेस्पोन्सिभ) क्रियाकलाप पुन कार्यावस्थामा ल्याउन नसकिने गरी रोकिनुको साथै आँखाको गेडीको गति (आई मुभमेन्ट), कर्नियाको प्रतिक्रिया (कर्नियल रिफ्लेक्शन), निल्न सक्ने क्षमता (स्वालोइङ्ग) र गतिशीलता (मोटर एक्टीभिटी) समेत रोकिएको अवस्था सम्झनु पर्छ ।